आलम प्रकरणः यही ट्र्याक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्याइयो
खबर एक्सप्रेस
२०७६-०७-०७ ११:०० मा प्रकाशित
Total Shares: 478
काठमाडौैं - बुथ कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ ।
बरामद ट्र्याक्टर आफताव आलमका भाइ मो। महताव आलमको भएको प्रहरीको दाबी छ ।
आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ ।
प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्र्याक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस