काठमाडौं - रवि लामिछाने र युवराज कँडेल तथा अभियुक्त अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि बिहीबार सुनुवाई हुने भएको छ।

उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि बिहीबार सुनुवाई गर्ने जनाएको छ। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनका अभियुक्त रवि पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन्।

तीनैजनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो ।