भ्रमण वर्ष २०२० लाई एक दशकसम्म निरन्तरता दिन्छौंः मन्त्री भट्टराई
जनकपुरधाम - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी एक दशकसम्म भ्रमण वर्ष मनाउने सरकारी योजना सार्वजनिक गरेका छन् । बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले भ्रमण वर्ष २०२० सफल पारेर यसलाई निरन्तरता दिइने सरकारी योजना सार्वजनिक गरेका हुन् ।
मन्त्री भट्टराईले विभिन्न ठाउँबाट जनकपुरधाम भ्रमणमा आउने पर्यटकको बसाई लम्ब्याउनुपर्ने र पर्यटकको बसाई लम्ब्याउन आकर्षक र लोभ्याउने स्थललाई विशेष व्यवस्थित गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘जनकपुरधाम आउने पर्यटक यहाँको भ्रमण गरेर फर्किने गर्छन् । अबदेखि यहाँ आउने पर्यटकलाई छिन्नस्ता, गढीमाई, बारा, पर्सा र महोत्तरीका अन्य ठाउँ घुम्ने वातावरण बनाउन आवश्यक छ ।’
निर्माणाधीन जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २र३ महिनाभित्रै पुरा भएर सञ्चालनमा आउने जानकारी मन्त्री भट्टराले उक्त अवसरमा दिए । उनले मैथिलीका महाकवि विद्यापति मिथिलाका मात्रै नभई सम्पूर्ण देशका महाकवि रहेको उल्लेख गर्दै विद्यापतिको शालिक नेपालको विभिन्न ठाउँमा आफ्नै कार्यकालमा निर्माण गर्ने प्रतिबद्धता जनाए ।
फेसबुक पेज Like गर्नुहोस