नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए राजीनामा
खबर एक्सप्रेस
२०७६-१०-०५ ११:०० मा प्रकाशित
Total Shares: 303
काठमाडौं - नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् ।
खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
उनलाई ०७५ भदौ ३१ गते मन्त्रिपरिषद बैठकले उनलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । स्रोतका अनुसार पछिल्लो समय मन्त्री भट्टराई खरेलसँग असन्तुष्ट रहेका थिए । तर खरेलले प्रधानमन्त्रीसमक्ष सञ्चालक समितिले सहयोग नगर्दा काम गर्न नसकेको गुनासो गर्दै आएका थिए ।
उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण माग गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस