काठमाडौं - समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमी मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी छन् ।

आइतबार साँझ उनी चढेको मोटरसाइकल ललितपुरमा दुर्घटना हुँदा घाइते भएकी हुन् । उनका चालक पनि घाइते भएका छन् ।

अहिले उनिहरुको बि एण्ड बि हस्पिटलमा उपचार भैरहेको छ ।  

यमीको अवस्था खतरामुक्त रहेपनि हड्डीमा चोट लागेको हुनसक्ने भन्दै चेकजाँचका लागि उनलाई चिकित्सकको निगरानीमा २४ घन्टा राखिने भएको छ ।