डेंगु आतंक : ५६ जिल्लामा फैलियो, ६ को मृत्यु
काठमाडौं - डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार मृत्यु हुनेमा काठमाडौँमा २ जना सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एकरएक जना रहेका छन् ।
नेपालको ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिलेसम्म प्रदेश नं। १ को ९ , प्रदेश नं। २ को ७, प्रदेश नं। ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको छ ।साउन १ गते देखि भदौ २२ गते सम्म ३ हजार ८ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखा रेकर्ड रहेको छ ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ ।
यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
फेसबुक पेज Like गर्नुहोस