धमाधम छाउगोठ भत्काइँदै, १३ सय ५५ छाउगोठ भत्काइयो
कैलाली - सुदूरपश्चिमका सबै जिल्लामा छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ ।
अहिलेसम्म अछाममा सबैभन्दा बढी १ हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीले जानकारी दिए ।
उपरीक्षक बोगटीका अनुसार कैलालीमा १ सय ३५, कञ्चनपुरमा ४, बाजुरामा ५ र बझाङामा ३६ गरी १ हजार ५ सय ३५ छाउगोठ भत्काइ सकिएका छन् ।
प्रहरी परिचालन गरेर सबैतिर छाउगोठ खोज्दै भत्काउने कार्य जारी रहेको बताइएको छ ।बैतडी, दार्चुला, डडेल्धृुरा र डोटीमा अहिलेसम्म छाउगोठ फेला नपरेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।छाउपडी कुप्रथाकै कारण अछाममा १० वर्षमा १४ किशोरी तथा महिलाले ज्यान गुमाएका छन् ।
सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलन सम्बन्धी निर्देशिका २०६४ समेत जारी गरिएको थियो ।सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दा पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन ।
फेसबुक पेज Like गर्नुहोस