सीटीइभीटीका स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि
खबर एक्सप्रेस
२०७७-०६-२३ ०१:२१ मा प्रकाशित
Total Shares: 454
काठमाडौं - प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) ले कोरोना महामारीका कारण स्थगित भएका सबै परीक्षा कात्तिक तेस्रो सातादेखि सुरु हुने जनाएको छ ।
सीटीइभीटीले चैत ११ गतेबाट स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिइने शुक्रबार एक सूचनामार्फत जानकारी गराएको हो ।
विस्तृत परीक्षा तालिका छिट्टै प्रकाशन गरिने सीटीइभीटीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस