बालुवाटारबाट मार्ने धम्की आयोः भीम रावल
खबर एक्सप्रेस
२०७६-०९-२८ ११:०० मा प्रकाशित
Total Shares: 339
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले आफूलाई मार्ने धम्की आएको बताएका छन् ।
रावलले एक टेलिभिजनसँग कुरा गर्दै बालुवाटारमा बस्ने एक व्यक्तिले आफूलाई मार्ने धम्की दिएको बताएका हुन् । मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) को विरोध गरेकोले आफूलाई मार्ने धम्की आएको रावलको भनाइ छ ।
सगरमाथा टेलिभिजनमा बोल्दै बालुवाटारमा बस्ने एक व्यक्तिले बेलायती राजकुमारी डायनाको जस्तै हालत बनाइदिने भन्दै मार्ने धम्की दिएको रावलले बताए ।
आफूलाई मार्ने धम्की आउनु दुःखद भएको समेत रावलको भनाइ छ । नेपालको कम्युनिष्ट आन्दोलन र देशभक्तिपूर्ण आवाज कहिल्यै नसकिने समेत उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस