मौसम खबरः दिनभर पानी पर्ने महाशाखाको पूर्वानुमान
काठमाडौं - आज देशभर बदली रही हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडमा पहिरो र तराईमा बाढी र डुबानको जोखिम छ ।
आज अविरल वर्षा नभए पनि वर्षा भने जारी रहने, केही पूर्व, मध्य र पश्चिम क्षेत्रका स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने मौसमिवद् शान्ति कँडेलले जानकारी दिइन् । मनसुनी गतिविधि जारी रहेको र बुधबारसम्म नै पानी पर्ने सम्भावना रहेको उनको भनाई छ ।
मौसम पूर्वानुमान महाशाखाले हिजो साँझ जारी गरेको सूचनामा मुलुकको पश्चिमी तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र मध्य क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउने सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस