काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले एनसेलको पुँजीगत लाभकरका बारेमा सर्वोच्च अदालतको आदेश गलत भएको बताएका छन् ।

आइतबार संसदको शून्य समयमा बोल्दै सांसद गुरुङले सर्वोच्च अदालतको आदेशले अर्बौंको कोषको घोटाला गराएको भन्दै संसद र सरकारको ध्यानाकर्षण गराएका छन् ।

गुरुङले अर्बौ रुपैँया राज्यलाई घाटा पार्ने सो आदेश विरुद्ध सर्वोच्च अदालतको पूर्ण इजलासमा पुनरावलोकनका लागि सरकार जानुपर्ने बताए ।

उनले भने, 'यो आदेशको विरुद्धमा सरकारका तर्फबाट तुरुन्तै पुनरावलोकन गर्न जरुरी छ । सर्वोच्च अदालतको वृहत् इजलाशका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'

सर्वोच्च अदालतको पछिल्लो आदेशले ०७५ माघ २३ गते सर्वोच्चको बहत इजलाशले गरेको आदेशको उल्लंघन गरेको आरोप पनि उनले लगाए ।