आलमले बयान दिने
काठमाडौं - इँटा भट्टामा जलाएर मारेको अभियोगमा १२ वर्षपछि पक्राउ परेका सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई दोस्रो पटक म्याद थपका लागि प्रहरीले अदालत लगेको छ।
अपराधको पोल खुल्ने डरले स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमले आइतबार जिल्ला अदालतमा बयान दिने भएका छन् ।
यसअघि उनले बयान दिन इन्कार गर्दै आएका थिए । हत्या आरोपमा पक्राउ परेका आलम सांसद पदबाट निलम्बनमा परिसकेका छन् ।
यसअघि मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद दिएको थियो ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो जिउँदो मानिसलाई इँट्टाभट्टामा हालेर मारेको अभियोगमा उनलाई थप अनुसन्धानका लागि प्रहरीले रौतहट जिल्ला अदालत लगेको हो ।
आलममाथि अनुसन्धान सुरु भएको र थप आरोप समेत आएकाले अनुसन्धान अवधि थप माग गर्दै प्रहरीले अदालत पुर्याएको हो। प्रहरीले अझै सात दिनको म्याद थप्न माग गर्दै रौतहट जिल्ला अदालतमा लगेको छ ।
फेसबुक पेज Like गर्नुहोस