काठमाडौं -  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस्थापन उत्कृष्ट भएको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, ‘प्रधानमन्त्री, गृहमन्त्री एवं चीन सरकारले समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरिएको छ, यसको हकदार सङ्गठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारी हुन् ।’

सी भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट - नेपाल प्रहरी

सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट तरिकाले अगाडि बढ्न हौसला मिलेको उनले बताए ।

जुनसुकै अपराधविरुद्ध कठोरतापूर्वक प्रस्तुत हुनपर्नेमा जोड दिँदै कार्कीले समाजमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न कानुनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाइ अगाडि बढ्न निर्देशनसमेत दिए । चाडपर्वका बेला हुने विभिन्न आपराधिक गतिविधि हुन नदिन प्रहरी थप सक्रिय र जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।