चिकित्सकलाई परीक्षणबिना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
काठमाडौं - नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई बिना परीक्षण सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।
शनिबार काउन्सिलका रजिष्ट्रार डा. शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन् ।काउन्सिलका अनुसार सामाजिक सञ्जालमा देखिने गैरजिम्मेवार र अवैज्ञानिक सूचना तथा सल्लाहले सर्वसाधारणलाई भ्रममा पार्ने र गलत औषधि प्रयोगका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम उच्च हुन्छ ।
रजिष्ट्रार डा।देवले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले बिरामीको प्रत्यक्ष परीक्षण, आवश्यक जाँच र चिकित्सकीय मूल्याङ्कन बिना औषधि सेवनको सल्लाह दिनु खतरनाक हुन सक्ने बताए ।
त्यसैले काउन्सिलले चिकित्सकलाई बिरामीसँग सम्बन्धित सामग्री सार्वजनिक गर्ने, विभिन्न उपचारका लागि औषधि प्रयोग गर्न सुझाव दिने तथा सामाजिक सञ्जालमार्फत औषधि सिफारिस गर्ने कार्य नगर्न स्पष्ट रूपमा आग्रह गरेको हो ।
साथै काउन्सिलले बिरामीलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगरी योग्य तथा दर्ता प्राप्त चिकित्सकसँगको मात्र परामर्शमा औषधि लिन अनुरोध गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस