काठमाडौं - पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीय एक महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहीबार बिहान शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् । डा. महेन्द्र पाण्डेको नेतृत्वमा उनले सकुशल सबै सन्तान जन्म दिएकी अस्पतालकाे पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए ।

पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६, दोस्रो छोरा १.३, तेस्रो छोरी १.३ र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।  डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ । 

तौल कम भएकाले सबै शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् ।