पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता
खबर एक्सप्रेस
२०७६-०५-२३ ११:०० मा प्रकाशित
Total Shares: 559
काठमाडौं - थाइल्यान्ड भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन् ।
नातिनी कृतिका शाहलाई पढाइको सिलसिलामा भर्ना गर्ने उद्देश्यले उनी गएको साउन २४ गते थाइल्यान्ड प्रस्थान गरेका थिए ।
उनका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि सोमबारै स्वदेश फर्किएका छन् । सोक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजतन्त्रका समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस