जनकपुरधाम -  क्रसर व्यवसायी विपिन महतो पक्राउ परेका छन् । मिल्स एरियास्थित ससुराली घरबाट शनिबार बिहान उनी पक्राउ परेका हुन् ।

अवैध उत्खननको विरोध गर्दै आएका दिलिप महतोको मृत्युको विषयमा अनुसन्धान गर्न विपिनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएको दिलिपका परिवारका सदस्यहरुले बताएका छन् ।

धनुषाको औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा शुक्रबार टिपरले किचेर दिलिपको हत्या गरिएको थियो ।