कार दुर्घटनामा गायक निशान भट्टराईको ज्यान गयो
खबर एक्सप्रेस
२०७६-०९-२९ ११:०० मा प्रकाशित
Total Shares: 343
काठमाडौं - ४० को दशकको अन्त्यतिर उदाएका गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी ज्यान गएको छ ।
काठमाडौंको दरबारमार्गस्थित एक रेस्टुराँबाट घर फर्कदै गरेका गायक भट्टराईको गाडी तीनकुने पुग्दा सडकको पोलमा ठोक्किएर दुर्घटना हुन पुगेको थियो ।
सोही दुर्घटनामा गम्भीर घाइते भएका गायक भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो, तर उनी बाँच्न सकेनन् । चिकित्सकले उनलाई मृत घोषणा गरिदिए ।
विशेष गरी गजल गायकीका कारण भट्टराई चर्चित थिए । स्टेजसँगै होटल, रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आएका थिए ।
फेसबुक पेज Like गर्नुहोस