चितवन - जंगली हात्तीको आक्रमणबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। रत्ननगर नगरपालिका ७ बद्रेनीका ६२ वर्षीय कान्छो दराइको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।

दराइलाई सौराहामा काम गर्न जाने क्रममा घरदेखि १ किलोमिटर पूर्वको बाटोमा हिँडिरहेको अवस्थामा हात्तीले मंगलबार बिहान ६ बजे आक्रमण गरेको थियो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एक नारायण कोइरालाले बताए।