काठमाडौं-सञ्चार क्षेत्रका प्रखर व्यक्तित्व तथा टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष डा. जनकराज पन्त नेपाल मिडिया सोसाइटीको कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नेपाल मिडिया सोसाइटीको २२औँ वार्षिक साधारण सभा, शुक्रबार काठमाडौंमा सम्पन्न भएको थियो। सो सभाले सञ्चार उद्योगमा विशिष्ट योगदान पुर्‍याएका डा. पन्तलाई नयाँ कार्यसमितिको कोषाध्यक्षमा चयन गरेको हो।

लामो समयदेखि मिडिया उद्यममा सक्रिय डा. पन्त सञ्चार क्षेत्रमा कुशल नेतृत्वकर्ता, दूरदर्शी योजनाकार तथा सफल सञ्चार उद्यमीका रूपमा परिचित हुनुहुन्छ । सञ्चार उद्यमशीलता र संस्थागत पत्रकारितामा उनले पुर्‍याएको योगदान उल्लेखनीय मानिन्छ।

उक्त साधारण सभाले चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा आर्थिक अभियान दैनिकका मदन लम्साल, उपाध्यक्षमा धर्मराज भुसाल (हिमालय टिभी) र महेश स्वर (कान्तिपुर दैनिक), महासचिवमा बोधराज त्रिपाठी (सौर्य दैनिक), सचिवमा नवराज कुँवर (बुटवल टुडे) चयन भएका छन्।

कार्यसमितिका सदस्यहरूमा डा. बालकृष्ण चापागाईं (दैनिक पत्र दैनिक),निकिता पौडेल (गोपीकृष्ण टिभी फिल्मी) विनोद पौडेल मिसन टुडे सुरेन्द्रबहादुर सिंह (गौरीशंकर टिभी) कृष्णज्वाला देवकोटा (नयाँ पत्रिका दैनिक र राजन पोखरेल (द हिमालयन टाइम्स) रहेका छन्।

सभाले सल्लाहकार समितिमा कान्तिपुर मिडिया ग्रुपका संस्थापक अध्यक्ष कैलाश सिरोहीया र अन्नपूर्ण मिडिया नेटवर्कका क्याप्टेन रामेश्वर थापालाई चयन गरेको छ।