नेपालमा लगानीको सम्भाव्यता अध्ययन गर्न आएको मलेसियन टोलीले र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र मलेसिया–नेपाल बिजनेस काउन्सिलका प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरूका विषयमा अध्ययन गर्न नेपाल आएको उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ता गरेको हो ।
भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरू नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको जानकारी गाएको थियो ।
जवाफमा ओलीले प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानूनी र संरचनात्मक सुधारहरू गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गरे । आगामी दिनमा के कस्तो सुधार र सहजीकरण आवश्यक छ भन्नेमा सरकार सधैँ व्यवसायीसँग सहकार्यमा रहने बताए।
प्रतिनिधिमण्डलले आफूहरूले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन आदि क्षेत्रमा काम गर्न उत्सुक भएको जनाएको छ । भेटका अवसरमा नेपालमा पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा र विविध क्षेत्रहरूमा लगानीको सम्भावनाबारे छलफल भएको थियो ।
मलेसियास्थित नेपाली दूतावासको सहकार्यमा आएको उक्त प्रतिनिधिमण्डल तीन दिने यात्राका लागि यही असार १८ गते काठमाडौं आएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी थिए।
फेसबुक पेज Like गर्नुहोस