बेनी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई नेपालको पक्ष र हितमा रहेर निर्णय लिने बताएका छन् ।

प्रेस संगठन म्याग्दीले शनिबार बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयमा राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

सम्झौता भइसकेको एमसीसीका परियोजना लागू गराउने विषयमा सत्तारुढ दल नेकपाभित्र विवाद रहेको बेला उनले यस्तो बताएका हुन् ।

‘एमसीसीको विषयमा यथार्थवादी भएर सबै कोणबाट विष्लेषण गरेर एउटा सकारात्मक निष्कर्षमा पुग्छौ। यो धेरै जटिल विषय बन्ने स्थिति नबन्ला,’ श्रेष्ठले भने ‘राष्ट्रिय हितलाई केन्द्र बिन्दुमा राखेर अबको सचिवालय बैठकबाट निर्णय लिन्छौ। राष्ट्रिय हित भनेको स्वाधीनता पनि हो। विकास पनि हो।’

 परियोजना लागू गराउन संसदले सम्झौता अनुमोदन गर्नुपर्ने हुन्छ।