बाख्रा जोगाउन खोज्दा ट्याक्टर पल्टियो, दुई जनाको मृत्यु
सिरहा - पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नगरपालिका-७ मा ट्याक्टर दुर्घटना हुादा दुई जनाको ज्यान गएको छ।
शनिबार पूरानो चोहर्वास्थित बाख्रा जोगाउने क्रममा डिजे साउण्ड बोकेर विवाहबाट फर्किएको स १ त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
मृत्यु हुनेमा लहान नगरपालिका-१३ का २२ वर्षीय सन्तोषकुमार यादव र धनगढीमाई नगरपालिका-१२ का २० वर्षीय श्रीप्रसाद मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई गोलबजारको भुमिजा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि रेफर गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
तीव्र गतिमा डिजे बोकेर आउँदै गरेको ट्रयाक्टरले बीच सडकमा आएको एक बाख्रालाई जोगाउन खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटना भएपछि ट्रयाक्टरमा लादिएको डिजे (साउण्ड बक्स बाजा) ले मृतक यादव र मण्डलको टाउकोमा गम्भीर चोट लागेको थियो ।
फेसबुक पेज Like गर्नुहोस