महराको बयान सुरु
खबर एक्सप्रेस
२०७६-०७-०३ ११:०० मा प्रकाशित
Total Shares: 494
काठमाडौं - निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । बलात्कार प्रयासको आरोप लागेका महराले स्वास्थ्यको कारण देखाउदैं यसअघि बयान दिन अस्वीकार गर्दै आएका थिए ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा महराको बयान सुरु भएको उनी पक्षधर वकिल मुरारी सापकोटाले जानकारी दिए ।
सरकारवादी फौजदारी मुद्दामा अभियुक्त पक्राउ परेपछि प्रहरीले बयान गराउने प्रावधान छ । तर महरा अस्वस्थताका कारण अस्पतालमा रहेकाले जिल्ला सरकारी वलिकको कार्यालयमा प्रहरीको उपस्थितिमा बयान सुरु भएको हो ।
फेसबुक पेज Like गर्नुहोस