राष्ट्रपति भण्डारीसँग जापानी उपमन्त्रीको भेट
खबर एक्सप्रेस
२०७६-१०-०३ ११:०० मा प्रकाशित
Total Shares: 371
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्र राष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस