अमेरिकामा एकैदिन १ हजार ५ सय १३ को मृत्यु
एजेन्सी - कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका २१० भन्दा बढी राष्ट्रमा पुगिसककेको छ ।
यस भाइरसका कारण थुप्रै मानिसहरुले अकालमै ज्यान गुमाउनुपरेको छ । विश्वभर १९ लाख २३ हजार ६ सय ५१ जनामा यसले संक्रमण फैलाएको छ ।
यस भाइरसका कारण १ लाख १९ हजार ५ सय ९५ जनाको ज्यान गएको छ भने ४ लाख ४३ हजार ८ सय ८६ जना पूर्ण रुपमा निको भएको छ । यो भाइरसको चपेटामा सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ ।
अमेरिकामा ५ लाख ८६ हजार ७ सय ४८ जनामा कोरोनाको संक्रमण रहँदा २३ हजार ६ सय १८ जनाको ज्यान गएको छ । ३६ हजार २ सय १८ जना पूर्ण रुपमा निको भएका छन् ।
स्पेनमा १ लाख ७० हजार ९९ जनामा कोरोना पोजिटिभ देखिएको छ भने १७ हजार ७ सय ५६ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा १ लाख ५९ हजार ५ सय १६ जनामा कोरोनाको संक्रमण रहँदा २० हजार ४ सय ६५ जनाले यस भाइरसका कारण ज्यान गुमाएका छन् ।
भारतमा १० हजार ४ सय ५३ जनामा कोरोनाले संक्रमण फैलाएको छ । भारतमै यस भाइरसका कारण ३ सय ६५ जनाले ज्यान गुमाएका छन् । अन्य केही राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।
फेसबुक पेज Like गर्नुहोस