क्यानले यू–१९ टोलीका २४ खेलाडी बोलायो दोस्रो चरणको क्याम्पमा खबर एक्सप्रेस २०८१-१०-२९ ०६:३२ मा प्रकाशित Total Shares: 73 काठमाडौें - नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ टोलीका २४ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ। यू–१९ विश्वकपका लागि खेलाडी छनोट गर्न क्यानले अर्को क्याम्प सञ्चालन गर्ने भएको हो।क्याम्पका लागि बिपिन शर्मा, नरेन भट्ट, अभिषेक तिवारी, नितिश पटेल, साहिल पटेल लगायतलाई बोलाइएको छ।
फेसबुक पेज Like गर्नुहोस