ललितपुरमा शुक्रबार विहान ४ बजेदेखि कर्फ्यू
              खबर एक्सप्रेस
                            २०७७-०५-१८ ०९:२१ मा प्रकाशित 
              Total Shares: 319 
              
            
            ललितपुर - मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि स्थानीय प्रशासनले ललितपुरमा कर्फ्यू लगाएको छ। प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो।
 विहीबार साँझ बसेको जिल्ला प्रशासन कार्यालय, प्रहरी र स्थानीय जनप्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सामान्य बनाउन कर्फ्यू जारी गरिएको बताए। बैठकमा रथलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म तान्ने र २६ गते बुङ्मति लैजाने निर्णय भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस