ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगे
खबर एक्सप्रेस
२०७९-०९-१० ०२:५८ मा प्रकाशित
Total Shares: 211
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।
आइतबार बिहानदेखि बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित अन्य नेताहरुसँग छलफल गरेका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बालकोट पुगेका छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसिमा सकिनु केही समय अगाडि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस