काठमाडौं, मोरङ - मोरङमा सिटी सफारी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका– ५ तीनपैनीस्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार बालिकाको मृत्यु भएको हो ।

मंगलबार बिहान साढे ९ बजे को १ ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सफारीमा सवार रहेकी सोही स्थान बस्ने रुद्र खड्काको छोरी ५ बर्षीय बालिका रबिना खड्का घाईते भएकी थिईन । घाईते बालिकाको धरान घोपामा उपचारको क्रममा दिउँसो ११ बजे मृत्यु भएको छ ।

सिटी सफारी र चालक सोही स्थानका हरि नारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको छ ।