काठमाडौं - श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने भएको छ । फैसलाविरुद्ध परेको निवेदनमाथि आइतबार सुनुवाई इजलासले पुनरावलोकन गर्ने अनुमति दिएको हो।

सर्वौच्चकै तीन न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजालसल पुनरावलोकनका लागि अनुमति दिएको हो ।

कोइरालालाई जिल्ला र पुनरावेदन अदालतले जन्मकैदको फैसला गरेको भए पनि असार १५ गते सर्वोच्च अदालतले जन्मकैदको सजायँ घटाएर ८ वर्ष ६ महिनामा झारेपछि उनी बिहीबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले रञ्जन कोइरालाले पाएको सर्वस्वसहितको जन्मकैदको फैसलालाई घटाएर ८ वर्ष ६ महिना कैद सजाय कायम गरेका थियो ।

कोइराल रिहा भएसँगै चौतर्फी विरोध भएपछि सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालयले शुक्रबार पुनरावलोकन निवेदन दर्ता गरेको थियो । पुनरावलोकनका अनुमति पाएसँगै उक्त मुद्दा पुनः विचाराधीन बनेको छ। उक्त मुद्दा अब पाँच जना न्यायाधीशको इजालसमा सुनुवाइ हुनेछ।