काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ।

गत २४ घण्टामा काठमाडौंका ११३२, ललितपुरका २७०, भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको छ।