काठमाडौं  - सरकारले कोरोना परिक्षणको मूल्य घटाएको छ । यसअघि पिसिआर परिक्षणको मूल्य ४ हजार ४ सय तोकिएकोमा अहिले मूल्य घटाउदै २ हजार लिने सरकारले निर्णय गरेको छ ।

अहिले दैनिक १० हजार जनाको पिसिआर परिक्षण हुदै आएकोमा अब भने सरकारले लक्षण नदेखिएकाहरुको परिक्षण नगर्ने भएको हो । मन्त्रालयको अनुसार हालसम्म साढे ८ लाख भन्दा बढी मानिसको पिसिआर परिक्षण भएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार अब भने लक्षण नभएका ब्यक्तिहरुको पिसिआर परिक्षण नगर्ने तयारी गरिएको हो । मन्त्रालयले विपन्न वर्गको मात्र निशुल्क उपचार गर्ने र अन्यले आफ्नै खर्चमा उपचार गनुपर्ने विषयमा पनि छलफल भएको हो ।

ट्रेस गराएर मात्र नहुने र क्वारेन्टिनलाई फोकस दिनुपर्ने साथै एउटा जिल्लाबाट अर्को जिल्लामा जादा अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने पनि मन्त्रालयले जनाएको छ ।