'बागी ३' ले दुई दिनमा कति कमायो ?
खबर एक्सप्रेस
२०७६-११-२५ ०३:०८ मा प्रकाशित
Total Shares: 389
एजेन्सी - शुक्रबारबाट प्रदर्शनमा आएको टाइगर श्रफ अभिनित फिल्म बागी ३ ले बक्स अफिसमा राम्रो कलेक्शन गर्दैछ । कोरोना भाइरसको कारणले फिल्मको व्यापारमा केही हदसम्म प्रभाव पारेको पनि बताइएको छ ।
यता यस फिल्मले ओपनिङ डेमा १७.५० करोडको व्यापार गर्दै यस वर्ष प्रदर्शनमा आएका फिल्ममध्ये सबैभन्दा बढी ओपनिङ गरेको छ ।
यसका साथै फिल्मले शनिबार १६.३ करोडको व्यापार गरेको छ । जसअनुसार फिल्मको दुई दिनको कमाई ३३.५३ करोड हुन जान्छ ।
अहमद खानको निर्देशनमा बनेको यस फिल्ममा टाइगर श्रफ र श्रद्धा कपुरसँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौशिक लगायतको पनि अभिनय रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस