काठमाडौं - नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले सरकारसमक्ष पूर्व अर्थसचिव राजन खनाल, पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अहिलेका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नाम सिफारिस गरेको हो ।

मन्त्रीपरिषद्को बैठकले तीनवटा नामबाट गभर्नर नियुक्त गर्ने छ । तत्कालिन गभर्नर चिरन्जिवी नेपालको पदावधी सकिएपछि चैत ५ देखि राष्ट्र बैंकमा गभर्नर पद खाली छ ।