नेपाली सेनाका पूर्वरथी खड्काको निधन
काठमाडौं - नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६८ वर्षको उमेरमा निधन भएको छ । प्यान्क्रियाजको क्यान्सरबाट पीडित खड्काको मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको निधन भएको छ । ६८ वर्षका खड्काको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । खड्का केही महिना पहिलादेखि नै क्यान्सर पीडित थिए । उनलाई एक साता अघि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
२०६६ सालमा तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारले उनलाई प्रधानसेनापतिमा नियुक्त गरेपनि राष्ट्रपति रामवरण यादवको हस्तक्षेपका कारण उनले कार्यभार सम्हाल्न पाएनन् । बरू प्रचण्डले नै राजीनामा दिनुपरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस