टिकाथलीमा बोरिङ गर्दा ग्यास निस्किएर लागेको आगो नियन्त्रणमा
खबर एक्सप्रेस
२०८१-११-२० ०२:०२ मा प्रकाशित
Total Shares: 157
काठमाडौं-ललितपुरको टिकाथलीस्थित गोदावरी खोला नजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्केर लागेको आगो नियन्त्रण गरिएको छ ।
बिहान करिब ८:३० बाट सुरू भएको आगो नियन्त्रण गरिएको हो । आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ ।
पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको स्थानीयले बताए । करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस