काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र  काठमाडौं महानगरपालिकाका मेयर बालेन  शाहबीच भेटवार्ता भएको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर शाहले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 

काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती हटाउन सरकारको साथ माग्न उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ ।