काठमाडौं - रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिएका छन्। उनले बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाएका हुन्। 

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा पराजित हुने संकेत देखिएपछि रिजालले बिहीबार बिहान मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए। 

उनले अन्तिम परिणाम प्राप्त हुनासाथ  प्रधानमन्त्री देउवासमक्ष राजीनामा पेस गर्ने बताएका थिए। रिजालले कांग्रेसभित्र आफूलाई समर्थनको आधार अत्यन्त संकुचित भएको निर्वाचन परिणामले देखाएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्।

बिहीबार दिउँसो आएको अन्तिम मत परिणाम अनुसार कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भइसकेका छन्। त्यस्तै रिजालले महामन्त्रीमा विजयी गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीकै अर्का उम्मेदवार मिनेन्द्र रिजालले बधाई दिएका छन् ।

May be an image of text that says "मिति: २०७૮ साल पौष १ गते विहीवार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू, प्रधानमन्त्री तथा मन्त्िपरिषदको कार्यालय, सिंहदरवार, काठमाडों विषय: रक्षा मन्त्री पदवाट राजीनामा दिएको वारे महोदय, नेपाली कांग्रेसको चौधौं राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ। यस कुरालाई हदयंगम गर्दा मैले रक्षा मन्त्री पदमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्न तसर्थ रक्षा मन्त्री पदवाट राजीनामा दिएको छु रक्षा मन्त्रीको जिम्मेवारीमा रही राष्ट्रको सेवा गर्ने अवसर दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दकु। भवदिय मिनेन्द्र प्रसाद रिजाल"