काठमाडौं,एजेन्सी - क्रिस्टियानो रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान तोडेका छन् ।
विश्वकप छनोटमा रिपब्लिक अफ आयरल्याण्डविरुद्ध दुई गोल गरेपछि रोनाल्डोले अन्तराष्ट्रिय पुरुष फुटबलको सर्वाधिक गोलको कीर्तिमान भंग गरेका हुन् ।
पोर्चुगलले आयरल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । रोनाल्डोले अन्तिम समयमा हेडमार्फत् दुई गोल गरेका थिए ।
अली दाइले इरानका लागि सन् १९९३ देखि २००६ सम्म अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक १ सय ९ गोल गरेका थिए । रोनाल्डोले युरो २०२० मा सो कीर्तिमानलाई बराबरी गरेका थिए ।

.gif)



