उपत्यकामा प्रदर्शन बढ्न थालेपछि प्रशासनले भन्यो- जुलुस र प्रदर्शन नगर्नू
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।
पछिल्ला दिनहरुमा उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि भिडभाडजन्य गतिविधि नगर्न प्रशासनले विज्ञप्ति निकालेर जानकारी गराएको हो।
जारी विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ’ प्रदर्शन गरेमा कारवाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ।
फेसबुक पेज Like गर्नुहोस