राष्ट्रपतिद्वारा संशोधित बजेट प्रमाणीकरण, हट्यो ‘सटडाउन’
खबर एक्सप्रेस
२०७८-०६-०७ ०८:२७ मा प्रकाशित
Total Shares: 227
काठमाडौं - राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् ।
संघीय संसद्को दुवै सदनले पारित गरिएको विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । यससँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ ।
बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । बजेट पारित नहुँदा सरकारले ९ दिन खर्च गर्न पाएको थिएन । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो भने वर्तमान सरकारले सटडाउन लागू गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस