आज स्वदेश फर्किँदै परराष्ट्रमन्त्री आरजु
खबर एक्सप्रेस
२०८१-०५-०६ १०:०५ मा प्रकाशित
Total Shares: 100
काठमाडौं- भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् ।उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ ।भारतीय समकक्षी एस जयशंकरको निम्तोमा उनी आइतबार भारत भ्रमणमा निस्केकी थिइन्।
परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस