काठमाडौं - आज बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।