काठमाडौंमा सामान्य वर्षा, यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
हाल देशका अधिकांश भू-भागहरुमा सामान्य बदली रहेको छ। प्रदेश न २, बाग्मति प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चचिमका भू-भागका थेरै स्थानमा मेघ गर्जन सहित वर्षा भई रहेको महाशाखाले जनाएको छ । काठमाडौंमा सामान्य वर्षा भैरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
सोमबार
दिउँसो : देशको पहाडि भू-भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार
दिउँसो : देशको पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ।
राती : देशका अधिकांश भू-भागमा सामान्य बदली रहि देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बुधबार
दिउँसो : देशको पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। ।
राती : देशका अधिकांश भू-भागमा सामान्य बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस