अख्तियारका १५ जना कर्मचारीमा देखियो कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०४-२० ०१:५६ मा प्रकाशित
Total Shares: 576
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीहरुमा कोरोना पोजिटिभ देखिएको छ ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार १ सय ८२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणका लागि आइतबार अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो ।
आज महाशाखाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यरत सबैको स्वाब संकलन गर्ने तयारी गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस