वीरगन्जमा आरडिटी पोजेटिभ देखिएकी युवतीको मृत्यु
काठमाडौं - वीरगञ्जमा आरडीटी परीक्षण पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ ।
बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
बुधबार नारायणी अस्पतालमा भर्ना भएकी खातुनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।
आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उपचारको क्रममा मृत्यु भएको हो । खातुनको पीसीआर रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस