नारायणगढ-मुग्लिन सडकखण्डमा बसमाथि ढुङ्गा खस्दा १९ जना घाइते
खबर एक्सप्रेस
२०८१-०५-०७ ०४:२३ मा प्रकाशित
Total Shares: 77
काठमाडौं - मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको बसमा भरतपुर महानगरपालिका २९ सत्रकिलोमा शुक्रबार दिउँसो ढुङ्गा लागेको हो ।
ढुङ्गा लागेपछि बस सडकमा पल्टिँदा १९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ । घाइतेहरुको पहिचान खुल्न सकेको छैन ।
फेसबुक पेज Like गर्नुहोस