काठमाडाैं - इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । 

च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले भोटका आधारमा चेल्सी टिममेट एन गोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनालाई पछि पार्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् । विजेता जर्गिन्होले १७५ मत पाए । केभिन डि ब्रुएनले १६७ तथा कान्टेले १६० मत पाए । २९ वर्षीय जोर्गिन्होले गत सिजन देश र क्लबका लागि ५६ खेल खेल्दा ९ गोल गरेका थिए। 

कसले के जिते ?

युइएफए वर्ष खेलाडी – जर्गिन्हो (चेल्सी/इटाली)

वर्ष प्रशिक्षक – थोमस टुचेल (चेल्सी)

पुरुष गोलरक्षक – इडुआर्ड मेन्डी (चेल्सी/सेनेगल)

पुरुष डिफेन्डर – रुवेन डियास (म्यानचेस्टर सिटी/पोर्चुगल

पुरुष मिडफिल्डर – एङ्गोलो कान्टे (चेल्सी/फ्रान्स)

पुरुष फरवार्ड – एर्लिङ ब्राउट हालान्ड (डर्टमुन्ड/नर्वे)

महिला वर्ष खेलाडी – एलेक्सिया पुटेलास (बार्सिलोना/स्पेन)

महिला प्रशिक्षक – लुइस कोर्टलेस (बार्सिलोना)

महिला गोलरक्षक – सान्द्रा पानोस (बार्सिलोना/स्पेन)

महिला डिफेन्डर – इरेने पारेडेस (बार्सिलोना/स्पेन)

महिला मिडफिल्डर – एलेक्सिया पुटेलास (बार्सिलोना/स्पेन)

महिला फरवार्ड – जेनिफेर हर्माेसो(बार्सिलोना/स्पेन)