काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। हिजो मात्रै मात्रै महाधिवेशनका लागि गठित विभिन्न समितिका संयोजकहरूसँग अध्यक्ष राजेन्द्र लिङ्देनले छलफल गरेका छन्।

पार्टी मुख्यालयमा भएको छलफलमा समितिलाई पूर्णता दिन र विस्तृत कार्ययोजना बनाई अविलम्ब कार्य प्रारम्भ गर्न निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदै छ।